राजनीति

संसदको महासचिव नियुक्त गर्न शीतलनिवास पुग्यो ‘रिमान्डर पत्र’

Banner

काठमाडौँ, माघ ७-

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएका छन् ।

सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन् । उक्त सिफारिस के भइरहेको छ ? भन्दै सभामुख घिमिरेले ‘स्मरण’ पत्र पठाएका हुन् ।

लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरेले ४ माघमा स्मरणपत्र पठाएका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको पुष्टि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>