देश/प्रदेश

स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएका युवा ५ महिनादेखि कोमामा, होटलकी सञ्चालक पक्राउ

Banner

काठमाडौं, माघ ७-

ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटलकी सञ्चालक प्रकाउ परेकी छिन् । ललितपुर प्रहरी परिसरका प्रवक्ता नवराज कार्कीका अनुसार स्क्वायर होटलकी सञ्चालक ललिता भण्डारी पक्राउ परेकी हुन् ।

होटलमा रहेको स्विमिङ पुलमा करेन्ट लागेर ललितपुरको जावलाखेलका सजिलमान शाक्य घाइते भएका थिए । पौडी खेल्नेक्रममा करेन्ट लागेर घाइते भएका ४१ वर्षीय शाक्य करिब ५ महिनादेखि कोमामा छन् । प्रवक्ता कार्कीले सोही घटनाको अनुसन्धानका लागि ललितालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

होटलका सञ्चालकविरुद्ध पुस २९ गते जाहेरी दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area