अन्तर्राष्ट्रिय

निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक: पूर्व प्रधानमन्त्री सरिफ

Banner

पाकिस्तान, माघ ७-

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शहबाज सरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताउनुभएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका पूर्वप्रधानमन्त्रीसमेत रहेका सरिफले अहिले चुनावमा ढिलाई गर्नु पाकिस्तान र लोकतन्त्रका लागि हानिकारक हुने बताउनुभएको छ । उहाँले पीएमएल–एनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको बताउँदै आफ्नो दल चुनाव सार्ने कुनै पनि बहानालाई अस्वीकार गर्ने बताउनुभयो ।

उहाँले १३ दलीय गठबन्धनको प्रशासनले १६ महिनाको कार्यकालमा देशलाई आर्थिक अभावबाट जोगाएको दाबी गर्नुभयो ।

शहबाजले भन्नुभयो, “यदि मे ९ को घटना नभएको भए पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खान जेलमा बस्नुपर्ने थिएन ।

गत हप्ता पीएमएल–एनका अध्यक्ष सरिफले फेब्रुअरी ८ मा हुने ‘अति महत्वपूर्ण’ आम निर्वाचनले पाकिस्तानको भाग्य निर्धारण गर्ने घोषणा गर्दै इतिहासको विश्लेषण गरेर ‘भविष्यको नक्सा’ बनाउन मानिसहरूलाई प्रोत्साहित गरेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजका अनुसार पीएमएल–एनले पार्टीका वरिष्ठ नेता नवाज सरिफ, मरियम नवाज र हम्जा शहबाजको नेतृत्वमा आफ्नो चुनावी अभियान सुरु गरिसकेको छ ।

सरिफले पूर्व प्रधान न्यायाधीश साकिब निसारलाई ‘प्यादा’ को संज्ञा दिँदै आफ्नो नेतृत्वको प्रशासन हटाउन उहाँको प्रयोग गरिएको दाबी गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>