क्रिकेट

तीव्र गतिका बलर अभिनाशको शल्यक्रिया सफल

Banner

काठमाडौं, माघ ५-

नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर अभिनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने क्रममा अभिनाशको वायाँ हातको हत्केलामा चोट लागेको थियो ।

टियु एन्डबाट आएका तीव्र गतिका बलर रुपेश सिंहको ४९ औं ओभरको दोस्रो वाइडतर्फको बल धेरै पछि गएर राइट बनाएर खेल्नेक्रममा उनको वायाँ हातको हत्केलामा चोट लागेको थियो । उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गर्न गएका थिए ।

बिहीबार नै उनको शल्यक्रिया भएको छ । नेपाल एपीएफ क्लबका म्यानेजर (व्यवस्थापक) राजेश श्रेष्ठले अभिनाश अब एक महिना मैदान बाहिर रहने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>