राजनीति
एमालेले उद्घाटन गरेको भवन पुनः कांग्रेसबाट निर्वाचित मेयरले उद्घाटन गर्न लागेपछि विवाद
०

धनगढी, माघ ४-
एउटै भवन दुई पटक उद्घाटन गर्न लागेको विषयलाई लिएर कैलालीमा राजनीतिक दलहरुबीच विवाद भएको छ । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको हो ।
एउटै भवन दुईपटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेपछि विवाद चर्किएको छ ।प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको एमालेले भने नगरपालिका घेराउ गरेको छ ।
उक्त भवन एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा उद्घाटन गरेका थिए । तर, सोही भवनलाई कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले पनि आज (बिहीबार) उद्घाटन गर्ने कार्यक्रम राखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























