Breaking News

आगामी तीन दिन मौसम सामान्य रहने, ‘हरियो चेतावनी’ जारी

०
Banner

काठमाडौँ, असोज २६ –

नेपाल मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका अधिकांश भूभागमा ठूलो वा लगातार वर्षाको सम्भावना नरहेको र मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका मौसमविद् डेभिड ढकालका अनुसार हाल देशका धेरैजसो स्थानमा घाम लागिरहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासमा भने आंशिक बादल लागेको छ।

विगत २४ घण्टाको अवस्था

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, प्युठान र रोल्पाका एक-दुई स्थानमा मध्यम वर्षा रेकर्ड गरिएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। तराईका भूभागहरूमा भने कतै पनि वर्षा मापन भएको छैन।

आगामी ३ दिनको मौसम पूर्वानुमान

आज (असोज २६, सोमबार): हिमाली र पहाडी भेगका लगभग १० प्रतिशत भूभागमा मात्रै हल्का वर्षाको सम्भावना रहेको छ भने ९० प्रतिशत भूभागमा मौसम सफा रहनेछ। तराई क्षेत्रमा वर्षाको कुनै सम्भावना छैन। आज राति पनि वर्षा हुने देखिँदैन।

भोलि र पर्सिः आगामी दुई दिन पनि उस्तै मौसम रहनेछ। हिमाली तथा पहाडी भूभागको १० प्रतिशत क्षेत्रमा क्षणिक र हल्का वर्षाको सम्भावना रहे तापनि बाँकी ९० प्रतिशत भूभागमा वर्षा हुनेछैन। तराईका क्षेत्रमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।

हरियो चेतावनी (Green Alert) 
अत्यधिक वा निरन्तर वर्षाको जोखिम नरहेकाले जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनका लागि हरियो चेतावनी जारी गरेको छ। मौसमविद् ढकालका अनुसार हरियो चेतावनीको अर्थ विपद् वा वर्षासम्बन्धी कुनै चेतावनी नरहेको र मौसम सामान्य रहने भन्ने बुझिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>