राजनीति

प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग

०
Banner

काठमाडौं, असोज २७ –

जापानका लागि प्रश्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी दर्ता गरिएको छ ।

जापानमै बसोवास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको, घरसम्पती भएका कारण स्वार्थको द्वन्द्व हुने र राजनीतिक प्रभावका आधारमा सिफारिस गरिएको दाबीसहित उहाँको नाम अनुमोदन नगर्न माग गर्नुभएको हो । संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा समिति सचिव तुलबहादुर कँडेलले पढेर सुनाउनुभएको उजुरीअनुसार थापाले सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति प्राप्त गरेको र कानागावा प्रिफेक्चरमा आफ्नै घर रहेको विवरण सार्वजनिक रूपमै स्वीकार गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>