चितवन विशेष
चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ माघ ६ गते हुँदै

चितवन, माघ ४-
शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कन्सलटेन्सीले माघ ६ गते (शनिवार) अष्ट्रेलिया एजुकेशन फेयर गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै एजुकेशन फेयर गर्न लागिएको हो । उक्त एजुकेशन फेयर ग्लोबल रिचको नयाँ कार्यालय भाटभटेनी नजिकै रहेको रोटरी डण्डपानी भट्टराई भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।
एजुेकशन फेयरमा अष्ट्रेलियाका ११ वटा युनिभरसिटी तथा कलेजका प्रतिनिधिहरु आउने छन् । अमेरिका र क्यानडा जान खोजेका विद्यार्थीले पनि एजुकेशन फेयरमा आएर अष्ट्रेलियाको बारेमा जानकारी लिन सक्ने ग्लोबल रिच चितवनका प्रबन्धक सुरेश पौडेलले जानकारी दिए । ‘प्लस टु पास गरेका वा पढ्दै गरेका, व्याचलर र मास्टर्स पास गरेका अर्थात् पिएचडीसम्म गर्न चाहेका विद्यार्थीहरुका लागि यो फेयर निकै फलदायी हुनेछ’, उनले भने ।
अष्ट्रेलिया सरकारले विद्यार्थी भिजामा कडाई गरेको भन्दैगर्दा कस्तो विद्यार्थीको भिजा लागेको छैन भनेर पहिला बुझ्नुपर्ने उनी बताउँछन् । विद्यार्थी भिजामा गएर पढेपछि अष्ट्रेलिया सरकारले दिने सुविधा लिनमा कुनै समस्या नरहेको उनले बताए । ‘जो विद्यार्थी कमाउनको लागि मात्रै जान्छु भन्ने मात्रै सोचाई राखेको छ । पढ्नु नै उसको उद्धेश्य होइन । त्यस्तो विद्यार्थीलाई अलिकति कडाई भएको हो’, उनी भन्छन्, ‘जो विद्यार्थी पूर्वयोजना बनाएर जान खोज्नुभएको छ । फाइनान्सियल डकुमेन्ट राम्रो छ । एकेडेमिक पनि राम्रोा छ । त्यस्तो विद्यार्थीलाई भिजामा समस्या छैन ।’
ग्लोबल रिचले सन् २००७ देखि काठमाडौँमा शैक्षिक परामर्श सेवा सुरु गरेको हो । चितवनमा सन् २०१३ देखि ग्लोबल रिचले सेवा सुरु गरेको हो । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थी एवम् आफना छोराछोरीलाई अष्ट्रेलिया पठाउन चाहेका अभिभावकले फेयरमा सहभागी भएर अष्ट्रेलियाकै युनिभरसिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सुझाव तथा जानकारी लिन सक्ने उनले बताए । सहि जानकारी लिएपछि मात्रै विद्यार्थीले सहि निर्णय लिन सक्ने भएकाले फेयरको आयोजना गरिएको हो ।
ग्लोबल रिचले हरेक वर्ष एजुकेशन फेयर गर्दै आएको छ । फेयरबाट विद्यार्थीले अष्ट्रेलियाको पोलिसी, कानुन, संस्कृति, फि लगायतका जानकारी प्राप्त गर्न सक्नेछन् । ग्लोबल रिचको चितवन लगायत काठमाडौं, बुटवल, पोखरा गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिए ।
























