देश/प्रदेश

किशोरी छोरीको बलात्कार गरेका बुवाले न्यायका लागि आवाज उठाएका छोराको गरे हत्या

Banner

सुर्खेत, माघ ३-

सुर्खेतमा एक युवकको शव फेला परेको छ । पश्चिम सुर्खेतमा रहेको एक घरनजिक युवकको शव फेला परेको हो । हिजो (मंगलबार) बिहान १ बजे २१ वर्षीया युवकको शव फेला परेको थियो ।

युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। सोमबार राति उक्त युवक आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै मृत फेला परेका हुन्। त्यस्तै घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको प्रहरीको आशंका छ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानबाट ती युवकको हत्या भएको अनुमान गरेको हो। घटनास्थल पुगेकामध्ये एक प्रहरी अधिकारीले ती युवकको शरीरमा धारिलो हतियार प्रहार भएको बताएका छन्।

त्यस्तै मंगलबार युवक मृत भेटिएको स्थानमा उनकी बहिनी असोजमा घाइते फेला परेकी थिइन्। दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि प्रहरीले चार महिना अघिको बलात्कारको घटनासँग मंगलबारको घटना सम्बन्धित रहेको अनुमान गरेको छ। बलात्कार आरोपी उनैका बाबु थिए।

बहिनीको न्यायका लागि साथ दिएको कारण चार महिनापछि युवकको हत्या भएको प्रहरीको अनुमान छ। प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको छ। उनैले किशोर छोराको हत्या गरेको अनुमान गरिएको छ। बुवा भने अझै फरार छन्।

स्रोतः सेतोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area