घटना -दुर्घटना

चितवनकी एयर होस्टेज ओसिनको मृत्यु भएको एक वर्ष, परिवार र आफन्तलाई झझल्कोले सताउँछ

Banner

चितवन, माघ १-

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चितवनकी एयर होस्टेज ओसिन आलेमगरले ज्यान गुमाएको एक वर्ष बितेको छ । तर, पनि परिवार र आफन्तलाई उनको झझल्कोले छाडेको छैन ।

माडी–८, दक्षिण अयोध्यापुरी निवासी विमान परिचारिका (एयर होस्टेज) आलेमगरको आज भन्दा एक वर्षअघि पोखरा जहाज दुर्घटनामा दुःखद् निधन भएको हो ।

चालक दलका चार जनामध्ये एक रहेकी एयरहोस्टेज ओसिन ज्यान गुमाउनु भन्दा करिब ५ महिनाअगाडि मात्रै यती एयरलाइन्समा भर्ती भएकी थिइन् । उनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेजको कोर्स पूरा गरेकी थिइन् । अहिले एकेडेमीका साथीहरु र प्रशिक्षकहरुले उनको झझल्कोले सताउने गरेको छ । ओसिनका साथीहरु अहिले पनि उनको सम्झनामा फेसबुकमा कहिले फोटो वा भिडियोसहित स्टाटस लेखेर सम्झना गर्ने गरेका छन् । फेसबुकमा कमला रानाले उनलाई समयसमयमा सम्झने गरेकी छन् ।

टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीँ विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् । ओसिनको दुःखद् निधन भएको एक वर्षपछि पनि आले परिवारसहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रका उनका आफन्तहरु सम्झनाले बिक्षिप्त बन्छन् । गत वर्ष माघे सङ्क्रान्ति भएकाले त्यस दिन मगरको परिवार घरमा संक्रान्ति मनाउन व्यस्त थिए तर सोही रमाइलो पर्वको दिनमा दुर्घटनाको खबरले मगर परिवारलाई शोकमा डुबाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>