राजनीति

रेशम चौधरीले अध्यक्ष बन्नका लागि ढाँटे आफ्नै पार्टीका नेताहरूलाई

Banner

काठमाडौँ पुस २७-

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्नका लागि आफ्नै पार्टीका नेताहरूलाई नै झुट बोलेको खुलेको छ ।
हत्याकाण्डमा दोषी ठहर भइसकेका व्यक्ति पार्टीको अध्यक्ष बन्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न महाधिवेशनमा उठेको थियो । तर चौधरीले आफूले निर्वाचन आयोगसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवारी दिएको जानकारी नेताहरुलाई दिएका थिए ।
तर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नागरिक उन्मुक्ति पार्टीले कुनै प्रकारको परामर्श नलिएको बताए ।

टीकापुर घटनाको मुख्य दोषी भएर जेल परेका रेशम चौधरी राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनले आममाफी पाएपछि पनि उनी विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ । यसैबिच उनी पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा चयन भएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुन ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने’ उल्लेख छ । चौधरी टीकापुर घटनामा सजाय पाएका व्यक्ति हुन् । यस अवस्थामा उनको अध्यक्ष पद कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको छ । श्रोतः रातोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>