देश/प्रदेश

राप्ती बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

Banner

दाङ, पुस २८-

गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ।

दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट बस खस्दा घाइते भएका २३ जनाको परिचय खुलेको हो । त्यस्तै बसमा सवार ३५ यात्रुमध्ये २३ जना घाइते हुँदा १२ जनाको मृत्यु भएको दाङका डिएसपी जनक मल्लले जानकारी दिए । दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको छ।

कोहलपुरस्थित मेडिकल उपचाररत घाइतेः

सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३१ वर्षीय कुलबहादुर गोसाई,
सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ वर्षीय शंकर थारु,
बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ वर्षीया लिला वली,
भारतको बहराईज मटेराका २८ वर्षीय राहुल कुमार यादव र २० वर्षीय छोटी सलौटा,
कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ वर्षीय तिलकप्रसाद उपाध्याय,
बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ वर्षीय आसतोस गौतम,
बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद

नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत घाइतेः

बर्दियाका २२ वर्षीय साजिव थारु ,
बाँकेका १८ बर्षीइ दशरथ विक,
बाँकेकै १९ वर्षीय निफख खान,
डोल्पाका ३५ वर्षीया धनकली बढा,
बाँकेका २० वर्षीय कोरिन्जन कोरी,
बाँकेका २० वर्षीय अवाज नाउ

बुटवल उपचाररत घाइतेः

काठमाडौंको चाविहलका ४४ वर्षीय सुवास सार्की,
रौतहटका २६ वर्षीय संजय कार्की,
जुम्लाका १९ वर्षीय विशाल बोहोरा,
काठमाडौंकै ११ वर्षीया आज्ञा पाण्डे,
३८ वर्षीया मञ्जु शर्मा,
२३ वर्षीय सन्जु बढवाल,
४५ वर्षीय राधा पाण्डे

भालुवाङमै उपचाररत घाइतेः

जुम्लाको हिमा गाउँपालिका-४ का २० वर्षीय बालकृष्ण शाही,
बाँकेको कोहलपुरका- २१ वर्षीय धनबहादुर पुन मगर

दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको परिचय खुलेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area