देश/प्रदेश

मेडिकल गर्न पाँच महिनाको छोरा र श्रीमती छोडेर काठमाडौँ हिडेका २५ बर्षीय दीपकको मृत्यु

Banner

सुर्खेत, पुस २८-

वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं जाँदै गरेको एक पुरुषको गएराति दाङमा भएको बस दुर्घटनामा मृत्यु भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–६ होली गाउँका २५ बर्षीय दीपक कामीको मृत्यु भएको हो ।

म्यानपावर कम्पनीले भिसा आईसकेको र चाँडै मेडिकल गर्न बोलाएपछि पूर्व पश्चिम राजामार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती नदीको पूलबाट अनियन्त्रित भएर नदीमा खसेको भे१ख ३९१२ नंको बस उनी नेपालगञ्जबाट काठमाडौँ जाँदै थिए । उक्त बस दुर्घटनामा उनीसँगै १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

दीपकका भिनाजु आठविसकोट–६ का पूर्ववडाध्यक्ष उत्तम कलेलका अनुसार दिपकले पाँच महिनाको छोरा र श्रीमतिलाई नेपालगञ्जमा छोडेर काठमाडौं हिँडेका थिए।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area