क्रिकेट

नेपालले आज स्कटल्याण्डसँग पहिलो वार्मअप खेल खेल्ने

०
Banner

काठमाडौं, पुस २८–

आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार नेपालले स्कटल्याण्डसँग पहिलो वार्मअप खेल खेल्दैछ।

आईसीसीकी कार्यक्रमअन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ।

यसअघि अभ्यास खेलका क्रममा स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको नेपालले आज दक्षिण अफ्रिकाको डोब्सनभिले रंगशालामा सोही टोलीविरुद्ध वार्मअप खेल खेल्न लागेको हो।

नेपालले अर्को वार्मअप खेल वेस्ट इन्डिजसँग माघ २ गते खेल्नेछ। माघ ५ गते शुरु हुने यू–१९ मा नेपाल रहेको समूह डीमा न्यूजिल्याण्डसहित अफगानिस्तान र पाकिस्तान छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>