चितवन विशेष

एक्सपर्ट ‘क्यानडा–युएसए एजुकेशन फेयर’ मा विद्यार्थीको आकर्षण

Banner

चितवन, पुस २७–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनद्धारा आयोजित ‘एक्सपर्ट क्यानडा–युएसए एजुकेशन फेयर–२०२४’ मा विद्यार्थीको आकर्षण देखिएको छ ।

उच्च शिक्षा अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थीहरु लक्षित आयोजित फेयरमा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । विद्यार्थीहरु क्यानडासंगै युएसएका लागि बढी उत्सुक देखिएका थिए । पछिल्लो समय अष्ट्रेलियाले विद्यार्थी भिषामा कडाई गरेसंगै विद्यार्थीहरु क्यानडा र अमेरिका केन्द्रित भएका हुन् । फेयरमा सहभागि विद्यार्थीहरुले क्यानडा र युएसएका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा बुझ्न पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

एक्सपर्टको आफ्नै कार्यालय भरतपुर–१०,स्थित बेस क्याम्पमा आज (शुक्रबार) आयोजित क्यानडा–युएसए एजुकेशन फेयर विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो । विद्यार्थीहरुको भीड लागेपछि फेयरको समयावधि बढाइएको थियो । एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्ष रुपमा परामर्श लिन पाएको भन्दै आगामि दिनमा पनि विद्यार्थीहरुको सहजताका लागि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको अर्को रोजाइको गन्तव्य क्यानडा र युएसए पर्न थालेकाले सही परामर्शका लागि फेयर आयोजना गरिएको हो । फेयरमा क्यानडा र युएसएका ४१ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>