चितवन विशेष

एक्सपर्ट भरतपुरमा भोलि ‘क्यानडा युएसए एजुकेशन फेयर’ हुदैं

Banner

चितवन, पुस २६–

उच्च शिक्षा अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले ‘एक्सपर्ट क्यानडा र युएसए एजुकेशन फेयर–२०२३’ आयोजना गरेको छ ।

एक्सपर्टको आफ्नै कार्यालय भरतपुर–१०, स्थित बेस क्याम्पमा भोलि पुस २७ गते (जनवरी १२) शुक्रबारका दिन क्यानडा युएसए एजुकेशन फेयर हुन लागेको हो ।
फेयर विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चल्ने छ । क्यानडा र अमेरिका जान चाहेका विद्यार्थीहरुलाई सोही देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा परामर्श दिइने एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए । फेयरमा अभिभावक तथा विद्यार्थीहरुले सहभागि भएर भरपुर फाइदा उठाउन पाउने छन् ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको अर्को रोजाइको गन्तव्य क्यानडा र युएसए पर्न थालेकाले सही परामर्शका लागि फेयर आयोजना गरिएको हो । फेयरमा क्यानडा र युएसएका ४१ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>