क्रिकेट

क्यानलाई सन्दीपको पत्राचारः सफाइ नपाएसम्म म कुनै पनि स्तरको क्रिकेट खेल्दिन

०
Banner

काठमाडौं, पुस २६-

क्रिकेटर सन्दीप लामिछानेले सफाइ नपाएसम्म कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका हुन् ।

अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै सफाइ नपाएसम्म कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका हुन् । क्यानले निर्णय लिनुअघि सन्दीप आफैंले निर्णय सुनाएका हुन् । उच्च अदालतमा पुनरावेदन गरेर सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायो ।

सन्दीपलाई खेलाउने कि नखेलाउने भन्ने प्रश्न क्यानसामू भएपनि अदालतबाट कुनै मुद्दामा दोषि प्रमाणित भएको व्यक्तिलाई तत्काल खेल्नबाट रोक्ने नेपालमा कुनै कानूनी व्यवस्था छैन । तर पनि, नैतिक विषय भएकाले सन्दीप आफैं अलग भएका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>