देश/प्रदेश
६ महिनामा ३० हजार बढी अवैध लाइसेन्स बाडेको आरोपमा यातायात विभागमा अख्तियारको छापा
०

काठमाडौं, पुस २५-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी लाइसेन्स छानबिनका लागि यातायात व्यवस्था विभागमा छापा हानेको छ ।
अख्तियारको टोलीले आज अपरान्ह मीनभवनस्थित विभागको कार्यालयमा छापा हानेको हो । झण्डै २ घण्टा लगाएर कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । बिगत ६ महिनामा देशभरका विभिन्न यातायात कार्यालयबाट ३० हजार बढी नक्कली लाइसेन्स बाडेको तथ्यहरु सार्वजनिक भएको थियो । विभागमा पुगेर अख्तियारको टोलीलेसम्बन्धित कागजात लैजानुका साथै सिस्टम हेरेर गएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























