क्रिकेट

न्यायका लागि जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने सन्दीपको तयारी

Banner

काठमाडौं, पुस २५-

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत जाने बताएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि अधिवक्ता घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले सन्दीप दोषी नदेखिएकाले न्यायका लागि उच्च अदालत जान लागिएको बताएका हुन् ।

उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको बताए । लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>