अपराध
बालतपस्वी भनेर चिनिने बम्जनलाई सर्लाही प्रहरीमा बुझाउने सीआइबीको तयारी
०

काठमाडौं, पुस २५-
बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक उच्च अधिकृतका अनुसार तपस्वीको आवरणमा अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनलाई जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























