अपराध

घरायसी विवाद हुँदा पेटमा खुकुरी प्रहार गरी छोराको हत्या आरोपमा बुवा पक्राउ

०
Banner

काठमाडौं, पुस २४-

इलाममा खुकुरी प्रहार गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगुका अनुसार सोमबार राति ९ बजे माई नगरपालिका वडा नम्बर ६ बिहीबारेमा बुवाले छोराको हत्या गरेको हो ।

बुवा दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेको आरोप छ। खुकुरी प्रहार भएपछि घाइते भएका जीवनको उपचारको लागि राति नै झापास्थित बिएण्डसी अस्पतालमा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे मृत्यु भएको डिएसपी जबेगुले बताए।

घटनापछि प्रहरीले बुवा दिलकुमारलाई पक्राउ गरेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>