कालिका

राष्ट्रिय आधारभूत विद्यालय देउजरका विद्यार्थीलाई न्यानो कपडा सहयोग

Banner

चितवन, पुस २२-

कालिका नगरपालिका देउजरको राष्ट्रिय आधारभूत विद्यालयका ५५ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण गरेको छ ।

‘हाम्रो दृष्टि राम्रो दृष्टि’ जापान शाखाले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरेको हो ।

शनिबार जापानको ओसाकामा नेपाली नयाँ वर्षको अवसरमा आयोजित सांगीतिक कार्यक्रमबाट बचेको रकमले संस्थाले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

कार्यक्रम संयोजक विबेक कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर १० का अध्यक्ष नरजंग प्रजा, संस्थाका केन्द्रीय अध्यक्ष मुक्तिनाथ सुवेदी, संस्थाका संरक्षक टिकाराम कँडेल, अध्यक्ष बसन्त गैरे, समाजसेवी रमेश जंग थापाले विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय नियमित गराउनका लागि यस्ता कार्यक्रमहरु फलदायी हुने बताए । उनीहरुले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>