चितवन विशेष
उद्योग वाणिज्य संघ चितवनको उपाध्यक्षमा उद्योगतर्फ अधिकारी सर्वसम्मत
०

चितवन, पुस १८-
उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्ष पदमा अशोक अधिकारी सर्वसम्मत भएका छन् ।
उपाध्यक्षका अर्का उम्मेदवार थिरप्रसाद धितालले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन् । दुई उम्मेदवारले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष पदमा सुमनकुमार श्रेष्ठलाई विजयी गराउन उद्योगतर्फ उपाध्यक्ष पदमा अधिकारीलाई समर्थन गरेको धितालले जनाएका छन् ।
अध्यक्ष पदका उमेदवार श्रेष्ठ समूहको घोषणा सभाका क्रममा धितालले अधिकारीलाई समर्थन गरेका हुन् । दुवै उम्मेदवारले संयुक्त विज्ञप्तिमा व्यवसायिक हकहित र एकतालाई व्यवसायीहरुले प्राथमिकता दिनुपर्ने भन्दै चुनावी प्रतिस्पर्धामा जानु उपयुक्त नहुने बताएका छन् । सर्वसम्मती नभएका पदहरुमा पुस २३ गते निर्वाचन हुने कार्यतालिका छ । 
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























