क्रिकेट

कोशीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

Banner

काठमाडौं, पुस १८-

सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको थियो ।

११५ रनको लक्ष्य पाएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोड्यो । कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि कोशीलाई विजेता बनाउन सकिनन् ।

विकेटकिपर काजल श्रेष्ठले २२ रन बनाइन् । त्यसअघि एपीएफको पालीमा ईन्दु वर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>