समाचार

बालकुमारी झडपका मृतक राउतको दैलेख र शाहको घर अछाम

०
Banner

काठमाडौँ, पुस १३-
बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ। शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको नाम खुले पनि ठेगाना भने स्पष्ट खुलेको थिएन।

राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ। हाल उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ। प्रदर्शनमा अचेत अवस्थामा भेटिएका राउतलाई इमाडोलस्थित किस्ट अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। राउतलाई गोली नलागेको अस्पतालले जनाएको छ। उनको छातीमा नीलडाम देखिएको थियो।

यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन्। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए। शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले वीरेन्द्रको मृत्युको खबर सुनिएको पुष्टि गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>