देश/प्रदेश

प्रेमीसँग भाग्न लाग्दा जुत्ताको तुनाले कसेर तोरी बारीमै गरे श्रीमानले श्रीमतीको हत्या

Banner

पोखरा, पुस १३-

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका(७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । उनले रेखाको घाँटीमा तुनाले कसेर हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। पछिल्लो समय श्रीमान(श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो। जसको कारण रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी र भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए।

लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेटेर जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area