देश/प्रदेश
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ठग्ने एक पुरुष पक्राउ
०

सुर्खेत, पुस १३-
प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा ठग्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरी जवान र असईमा जागिरे बनाइदिने भन्दै रकम असुल्ने कालिमाटी गाउँपालिका-२ कटविरका भोला पुन मगरलाई प्रहरीले सल्यानबाट प्रकाउ गरेको हो ।
स्थानीय सुशीलकुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीबाट उनले ३ लाख असुलेको प्रहरीले जानकारी दिएको छ । प्रतिव्यक्ति ५० हजारका दरले मगरले ३ लाख ठगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर नवीन कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























