समाचार

एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै

०
Banner

चितवन, पुस १३-

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्ण महोत्सवको उद्घाटनका लागि ओली चितवन आउन लागेका हुन् ।

ओली विहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने छन् । एमालेले कालिकाको खोलेसिमलस्थित कालिका व्याङ्क्वेटमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

कार्यकर्ता भेटघाट कार्यक्रममा पनि ओली सहभागी हुने नेकपा एमाले चितवनका उपसचिव एवम् प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । त्यसपछि ओली स्वर्ण महोत्सवको उद्घाटन गर्न पुग्ने छन् ।

स्वर्ण महोत्सवमा २५ हजार भन्दा बढी चन्दा दिने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ । यस्तै विद्यालयमा निर्माण स्वर्णद्धारा उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण लगायतको कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>