चितवन विशेष
भरतपुरमा भएको ‘टेक फ्युजन’ प्रतिस्पर्धामा काठमाडौँको क्याथफोर्ड कलेज पहिलो

चितवन, पुस १२-
भरतपुरको युनाइटेड टेक्निकल कलेजमा भएको सूचना प्रविधिको प्रतिस्पर्धासम्बन्धी ‘टेक फ्युजन’ कार्यक्रममा काठमाडौँको क्याथफोर्ड कलेजको बोटमाइन ग्रुप ‘ए’ पहिलो भएको छ ।
कलेजको युनाइटेड टेक क्लबले गरेको कार्यक्रममा देशभरका १० वटा क्याम्पसका विद्यार्थीहरु सहभागी भएका थिए । सूचना प्रविधि र इन्जिनियरिङका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा युटेक कलेजको ग्रुप बी दोस्रो भएको छ । उनीहरुले क्रमश २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
‘टेक फ्युजन’ कार्यक्रमको प्रमुख आर्कषण बन्यो रोबोर्टबाटै खेलाइएको फुटबल प्रतियोगिता जसमा आठ वटा टिम सहभागी थिए । यस्तै कार्यक्रमको दोस्रो आर्कषण साइबर सुरक्षामा ध्यान दिने उद्देश्यले गरिएको ‘क्याप्च द फ्लाग’ बन्यो । नौ बटा कलेजका विद्यार्थीहरु सहभागी भएको सो प्रर्दशनीमा सहभागीहरुले आफ्नो कम्युटरमा रहेको सफ्टवेयरमा रहेको झण्डा जस्तो बल नियन्त्रण गर्नुनै थियो । यसमा जति जक्दो धेरै बल नियन्त्रणमा लिन सक्नेले नै अन्ततोगत्वा आफ्नो साइबर सुरक्षामा बढी सचेत रहन सक्ने बताइएको छ ।
कलेजका कम्युटर तथा इलेक्ट्रिकल शिक्षा विभागका प्रमुख विकल बरालले विद्यार्थीहरुले सूचना र प्रविधिका क्षेत्रमा गरिरहेको अध्ययनमा नयाँ नयाँ सिप सिकाइ हुने भएकाले प्रर्दशनी आयोजना गरिएको बताए । कलेजका ब्यवस्थापक विनोद ढकालले विद्यार्थीहरुले सिकेका सिपलाई ब्यवहारमा लागू गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए ।
























