अर्थ
एकैदिन एक हजार तीन सय रूपैयाँले बढ्यो सुनको मूल्य
०
काठमाडौँ,पुस १२
एकैदिन एक हजार तीन सय रूपैयाँले सुनको मुल्य बढेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।
आज बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>