समाचार

मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

०
Banner

काठमाडौं, पुस १२-

मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ।

बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर २०७६ सालदेखि आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानवको गत मंगलबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

यस्तै आज बिहान गत असारबाट सोही आश्रममा बस्दै आएका २५ वर्षीय अमित बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको मृत्यु कालगतिले भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>