चितवन विशेष
हिमाल डेन्टलको शिविरमा ११ सय जनाले गरे दाँत परीक्षण
०

चितवन, पुस ११-
चितवनमा एक हजार १०० जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन् ।
हिमाल डेन्टलले चितवनमा पुस १ गतेबाट सञ्चालन गरेको शिविरमा सो संख्यामा विभिन्न उमेर समूहका मानिसहरुले दाँतको परीक्षण गराएका हुन् ।
शिविरमा आएका दाँतमा समस्या भएका नागरिकहरुको ३० प्रतिशत छुटमा उपचार भइरहेको डेण्टलका सञ्चालक जयराम जोशीले नारायणी अनलाइनलाई जानकारी दिए । नारायणगढको शहीदचोक र चितवन मेडिकल कलेज अगाडि पुस १५ सम्म सञ्चालन हुने शिविरमा किराले खाएको, दाँत दुखेको समस्या भएका व्यक्तिहरु बढी आएको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























