देश/प्रदेश

घुस खाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

०
Banner

काठमाडौं, पुस ११-

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेपछि अधिकृत उदयबहादुर पराजुलीलाई आज (बुधबार) कार्यकक्षबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका हुन् । उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रहरी निरीक्षक पौडेलका अनुसार मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएपछि पराजुलीलाई पनि प्रकाउ गरिएको हो ।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>