देश/प्रदेश
नेपालमा कोरोना जोखिम बढ्दो, भारतबाट फर्किएकामा सङ्क्रमण देखियो
०

काठमाडौँ, पुस ११-
भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ । आज (बुधबार) गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको हो ।
यस्तै, आइतबार पनि गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























