चितवन विशेष

राष्ट्रिय खुल्ला तेक्वान्दोको पुम्सेतर्फ आर्मीको बर्चस्व, तौल समूहको खेल जारी

Banner

चितवन । चितवनमा शनिबारदेखि सुरु भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा पुम्से विधाको खेलमा नेपाल आर्मीले बर्चस्व देखाएको छ । विभिन्न आठ उमेर समूहमा भएको खेलमा आर्मीका खेलाडीले आठ वटै स्वर्ण पदक जितेका छन् । तौल समूहको खेल भने जारी छ । प्रतियोगिता आइतबार सम्पन्न हुने प्रतियोगिता संयोजक रमेश कार्कीले जानकारी दिए ।

पुम्सेतर्फको विधामा महिलाको १५–१७ वर्ष उमेर समूहको खेलमा नेपाल आर्मीकी रोशनी सिलवाल प्रथम, चितवन तेक्वान्दोकी सुमैया खातुन दोस्रो र प्रेमबस्ती तेक्वान्दोकी पुजा घर्ती मगर र अ लाइफ तेक्वान्दोकी प्रियंका थापा तृतीय भए । प्रथम हुने खेलाडीले स्वर्ण, दोस्रो हुने खेलाडीले रजत र तेस्रो हुने खेलाडीले कास्य पदक जितेका हुन् ।

१८–२५ वर्ष उमेर समूहको खेलमा नेपाल आर्मीकी अर्पणा अधिकारी प्रथम, चितवन तेक्वान्दोकी जैनव खातुन दोस्रो र एके ४७ की रोशनी श्रेष्ठ र अ लाइफ तेक्वान्दोकी कन्चन चौधरी तृतीय भए । २५–३० वर्ष उमेर समूहको खेलमा नेपाल आर्मीकी सन्तोषी राई प्रथम र अल्फा तेक्वान्दोकी सुनिता विष्ट दोस्रो भइन् । ३० वर्ष भन्दा माथिको उमेर समूहको खेलमा नेपाल आर्मीकी रेकमाया गुरुङ प्रथम र एपीएफकी पवित्रा विष्ट दोस्रो भइन् ।

पुम्से विधामै पुरुषतर्फ १५–१७ वर्ष उमेर समूहको खेलमा नेपाल आर्मीका सृजल श्रेष्ठ प्रथम, चितवन तेक्वान्दोका सक्षम चौधरी दोस्रो र पार्वतीपुरका सुदिप राना र न्यु सिमराका निश्चल धामी थारु तृतीय भए । १८–२५ वर्ष उमेर समूहको खेलमा नेपाल आर्मीका युवराज राना प्रथम, चितवन तेक्वान्दोका अब्बास अन्सारी दोस्रो र खैरहनी तेक्वान्दोका प्रेम गुरुङ र एके ४७ का रोशन श्रेष्ठ तृतीय भए ।

२५–३० वर्ष उमेर समूहको खेलमा नेपाल आर्मीका अस्विन राई प्रथम, एपीएफका एमडी रफिक दोस्रो र सैनिक स्कुलका सुरेन्द्रसिंह कुँवर तृतीय भए भने ३० वर्ष भन्दा माथिको उमेर समूहको खेलमा नेपाल आर्मीका रामकुमार पोखरेल प्रथम, स्वस्तिक तेक्वान्दोका प्रेमकुमार दर्नाल दोस्रो र अल्फा तेक्वान्दोका दामोदर शर्मा र एपीएफका चन्द्र राना मगर तृतीय भएका छन् ।

तौल समूहको खेल जारी

तौल समूह अन्तर्गत भएका केहि खेलको नतिजा आएको छ । पुरुष यू–२० किलोको खेलमा खैरहनी तेक्वान्दोका रोहन गिरीले स्वर्ण, वारियर तेक्वान्दोका लोनिश महतोले रजत र बालकुमारी तेक्वान्दोका क्रिजन घर्ती मगर र पार्वतीपुर तेक्वान्दोका आयन गुरुङले कास्य पदक जिते । पुरुष यू–२३ किलोको खेलमा बुटवल तेक्वान्दोका हेमन्त चौधरीले स्वर्ण, स्वस्तिक तेक्वान्दोका सुमन तामाङले रजत र नेत्रोदय तेक्वान्दोका बुद्धनाथ तिमिल्सिना र जगतपुर तेक्वान्दोका रनिश दराईले कास्य पदक जिते ।

पुरुष यू–२६ किलो ‘ए’को खेलमा बुटवल तेक्वान्दोका आयुष रायमाझीले स्वर्ण, मकवानपुर तेक्वान्दोका दिव्यस बुढाले रजत र नेत्रोदय तेक्वान्दोका समिप गौतम र पार्वतीपुर तेक्वान्दोका अभिषेक गुरुङले कास्य पदक जिते । पुरुष यू–२६ किलो ‘बी’को खेलमा खैरहनी तेक्वान्दोका शुभम गुभाजुले स्वर्ण, बालकुमारीका सुविन गुरुङले रजत र त्रिभुवनका बविस भारम र स्वस्तिकका उर्गेन गुरुङले कास्य पदक जितेका हुन् ।

महिला यू–४० किलोको खेलमा बेल्का सगरमाथा डोजाङकी कल्पना पाण्डेले स्वर्ण, नेपाल आर्मीकी सृस्टी लामाले रजत र कन्चनपुर तेक्वान्दोकी आरती विष्ट र बुटवल तेक्वान्दोकी रोशनी तामाङले कास्य पदक जिते । महिला यू–४६ किलोको खेलमा नेपाल आर्मीकी सदिक्षा कार्कीले स्वर्ण, न्यु कुमरोजकी आयुश्मा महतोले रजत र एके ४७ की रोशनी श्रेष्ठ र मकवानपुर तेक्वान्दोकी रुविना योन्जनले कास्य पदक जिते ।

महिला यू–४९ किलोको खेलमा नेपाल आर्मीकी सन्तोषी राईले स्वर्ण, वारियरकी इशा महतोले रजत र एपीएफकी बर्षा थापा र बुटवल तेक्वान्दोकी दिपिका कार्कीले कास्य पदक जिते । महिला यू–५३ किलोको खेलमा नेपाल आर्मीकी रक्षा धिमालले स्वर्ण, बुटवल तेक्वान्दोकी रानी लामाले रजत र मुनलाईट तेक्वान्दोकी अनुश्का गुरुङ र श्रीमालिका तेक्वान्दोकी रिया गुरुङले कास्य पदक जिते ।

महिला यू–५७ किलोको खेलमा एपीएफकी रेनु लामाले स्वर्ण, हिमालयन तेक्वान्दोकी पवित्रा सुनुवारले रजत र महानगर तेक्वान्दोकी प्रतिष्ठा पाच्य र त्रिभुवन तेक्वान्दोकी आकृति थनेतले कास्य पदक जिते । महिला यू–६२ किलोको खेलमा नेपाल आर्मीकी ममता रिजालले स्वर्ण, रोल्पा जलजला तेक्वान्दोकी निर्मला बुढा मगरले रजत र स्वस्तिक तेक्वान्दोकी आरिका माझी र महानगर तेक्वान्दोकी आयुष्मा गुरुङले कास्य पदक जिते । महिला यू–६७ किलोको खेलमा नेपाल आर्मीकी रेश्मा थापाले स्वर्ण, भरतपुर तेक्वान्दोकी त्रिश्ना गुरुङले रजत र जगतपुर तेक्वान्दोकी दुर्गा गिरीले कास्य पदक जिते ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>