अन्तर्राष्ट्रिय

जन्मदिनमा एम्बाप्पेको दुई गोल, भाइको डेब्यू

Banner

पेरिस, पुस ५–

किलियान एम्बाप्पेले आफ्नो जन्मदिनमा दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले मेट्जलाई सजिलै हराएको छ । पीएसजी ३–१ ले विजयी भएको खेलमा उनका १६ वर्षीय भाइ इथनले पनि डेब्यू गरेका थिए ।

खेलको ४९ औँ मिनेटमा भिटिन्हाले साबिक विजेता टोलीलाई अग्रता दिलाएका थिए । ६० औँ मिनेटमा एम्बाप्पेले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

१२ मिनेटपछि म्याथ्यु उडोलले मेट्सलाई केही आशा दिलाए पनि पीएसीका सर्वकालिक शीर्ष गोलकर्ताले ७ मिनेट बाँकी छँदा अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।

जीतपछि पीएसजी १७ खेलबाट ४० अङ्क बटुल्दै लिग वानको शीर्ष स्थानमा रहेको छ । बुधबार राति लेन्सलाई २–० ले हराएको निस ३५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । उता ३३ अङ्कसहित तेस्रो स्थानमा रहेको मोनाकोले टोलुसलाई २–१ गोलले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>