समाचार

पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञ नियुक्त

०
Banner

काठमाडौँ, पुस ५–

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

नेपाल सरकारको नीति अनुसार भगवान् पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

ुअध्यात्म र आस्थाको महानतम् केन्द्र पशुपतिसँग जोडिएर सकेको योगदान गर्ने अवसर पाउँदा उत्साहित छुु, नेपालको प्रकृति र संस्कृतिका सुन्दर पक्षहरूलाई अनेक भाव र भूमिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारमा सक्रिय सिलवालले भने ।

कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलङ्का स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>