पत्रपत्रिका

राष्ट्रपति पौडेलले संघीय संसदको महासचिवमा पाण्डेयलाई नियुक्त नगर्ने

०
Banner

काठमाडौं, पुस ५-

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्त नगर्ने भएका छन्।

नागरिकता विवादमा समेत तानिएका पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि गरिएको सिफारिस प्रक्रिया नमिलेको राष्ट्रपति कार्यालयले जनाएको छ। अहिलेकै सिफारिसका आधारमा महासचिवमा नियुक्ति नहुने राष्ट्रपति कार्यालयको भनाइ छ।

संघीय संसद् सचिवालयका तत्कालीन महासचिव भरत गौतमले आठ महिना कार्यकाल बाँकी छँदै मंसिर २४ गते राजीनामा दिएका थिए। गौतमको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुपूर्व नै पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। फागुन २० गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सांसद पदको कार्यकाल सकिँदैछ । उनी एमालेको टिकटमा राष्ट्रियसभा सदस्यमा निर्वाचत भएका हुन्।

नयाँ अध्यक्ष एमाले निकट नआउने बुझाइमा रहेका तिमिल्सना र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि गौतमलाई राजीनामा गराएर पाण्डेयको नाम हतारहतार सिफारिस गरेको आरोप छ। सोही बेलामा राष्ट्रपति पौडेलले पाण्डेयको सिफारिसप्रति तीन विषयमा असहमति जनाएको स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>