राजनीति
म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छुः डा.केसी

काठमाडौं,पुस २-
स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार र सबैको समान पहुँच हुनुपर्ने माग सहित धनगढीमा सत्याग्रह सुरु गरेका अभियन्ता डा. गोविन्द केसीले तीन दिन पछि अनसन तोडेका छन्। धनगढी उपमहानगरपालिका वडा नं १ कि अन्जली नेपाली र वडा नं ७ कि रेनुका चौधरीको हातबाट जुस पिएर डा.केसीले अनसन तोडेका हुन्। शुक्रवार साँझ देखि धनगढी एल एन चोक स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका डा। केसीले तीन दिन (७२ घण्टा) मा अनसन तोडेका हुन्।
११ दिन अघि पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरेका कारण यस पटक तीन दिन मात्र सत्याग्रह बसेको उनले बताए। दोश्रो पटकको अल्टिमेटम गत भदौ २९ गते सकिनु अघि मन्त्रालयका सचिवले ३ महिनाको समय माग गरेको र उक्त ३ महिनाको अवधि पुरा भएकाले शल्यक्रिया गरेको भएपनि मंसिर महिनामै अनसन बस्नुपरेको उनले बताए। आफ्ना माग नपुरा नभएसम्म अन्तिम सम्म लडिराख्ने उल्लेख गर्दै डा. केसीले स्वास्थ्य सुधार हुने बित्तिकै अनसन बस्ने बताएका छन्।
नेताहरुलाई आफू मरिदिए हुन्थ्यो भन्ने भएको उनले बताए। ‘नेताहरुलाई म मरिदिए हुन्थ्यो भएको छ, तर म स्वास्थ्यले साथ दिएसम्म लडिरहन्छु’ उनले भने।
























