राजनीति
मन्त्रीकाे रिपोर्ट कार्ड लिन खाेज्ने प्रधानमन्त्रीकाे रिपोर्ट कार्ड हामीलाई चाहियोः शेखर कोइराला
०

काठमाडौं, पुस २-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड आफूहरूले मागिरहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्।
नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनमा प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई पुस ५ देखि १० गतेसम्म काठमाडौं उपत्यका नछाड्न भनेको सुनिएको उल्लेख गर्दै कोइरालाले भने, ‘ रिपोर्ट कार्ड हेर्ने होला। म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु।’ ‘अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो। प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ,’ उनले भने।
दाहाल प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























