देश/प्रदेश
बाँकेमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते

बाँके, पुस २-
बाँकेमा टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । आज बिहान कोहलपुर नगरपालिका(३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
बाह्रबर्दिया नगरपालिका-७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका-४ बस्ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी-४ का ४७ वर्षीय प्रेम चदारा, गुलरिया बाह्रबर्दिया-९ की २० वर्षीया अन्जु चौधरी, कोहलपुर-१० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका-६ बस्ने ३१ वर्षीया अप्सरा बुढाथोकी,बैजनाथ गाउँपालिका-५ बस्ने २० वर्षीया सपना परियार, बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी नगरपालिका-२ बस्ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका-६ बस्ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका-५ बस्ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका-३ बस्ने ५८ वर्षीय पठे एरी र म्याजिक चालक कोहलपुर-२ बस्ने २७ वर्षीयप्रदीप विक घाइते भएको प्रहरीले जानकारी दिएको छ । छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिएको थियो



























