अन्तर्राष्ट्रिय

श्रीलङ्कामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ

०
Banner

कोलम्बो, पुस २-

श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ । त्यसै गरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ । श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>