अन्तर्राष्ट्रिय

अर्जेन्टिनामा आँधीका कारण १४ जनाको ज्यान गयो

०
Banner

अर्जेन्टिना, पुस २-

अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ ।

एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ ।

मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>