समाचार
कुवेतका अमिरको निधनमा भोलि शोक मनाउने सरकारको निर्णय
०

काठमाडौं, पुस १-
सरकारले कुवेतका अमिरको निधनमा भोलि सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा भोलि २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























