राजनीति

अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैनः गगन थापा

Banner

पर्वत,पुस १-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन् । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे ।

नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आज कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्ने बताए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।” थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>