समाचार

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया

०
Banner

भरतपुर, पुस ०१-
चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिवार भरतपुरमा भएको सातौँ वार्षिक साधाणसभा तथा चौथो अधिपेशनले पियाको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी द्धितिय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा कमल अधिकारी ,कोषाध्क्षमा यज्ञ प्रसाद पौडेल सदस्यमा जनक कुमार ढकाल , विष्णु सेढाई, सुमम बर्तौला, होमनाथ पौडेल, बिकाश घिमिरे चयन हुनुभएको छ । कार्यसमितिको कार्यकाल आगामी २ वर्षको रहनेछ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उिद्योग वाणिज्य संघ चितवनका तृतिय उपाध्यक्ष शिरिष पन्त्त, इश्वरकुमार श्रेष्ठ, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका केन्द्रिय सदस्य गोपाल भट्टराई लगायतले बोल्नुभएको थियो ।

राजन पीयाको अध्यक्षतामा सम्पन्न सो साधारणसभा तथा अधिवेशनमा कोषाध्यक्ष यज्ञप्रसाद पौडेलले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेद पेश गर्नुभएको थियो ।
सो प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>