समाचार
जेलमा रहेका थुनुवालाई छुटाइदिने भन्दै ५ लाख ठगी गर्ने लामा पक्राउ
०

काठमाडौं,पुस १-
जेलमा रहेका थुनुवालाई छुटाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का ३७ वर्षीय दावा दोर्जे लामा रहेका छन् ।
प्रहरीका अनुसार उनले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कर्यालय जगन्नाथ देवलमा रहेका एकजना कैदीलाई छुटाइदिने आश्वासन दिएका थिए । उनले त्यसका लागि वकिल र अदालतलाई मिलाउन खर्च लाग्ने बताएर पटकपटक गरी पाँच लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।
उनलाई गएको शुक्रबार काठमाडौंस्थित बौद्बबाट पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























