क्रिकेट

माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै

Banner

चितवन, पुस १–

चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो। आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए ।

प्रतियोगितामा माडीका ४ टिमसहित कुल ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा विजेता हुने टिमलाई नगद १ लाख रुपैयाँ र उपविजेता हुने टिमलाई नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियगिता सम्पन्न गर्न सात लाख पचास हजार रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ। क्लबले लामो समयदेखि माडी क्षेत्रमा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>