देश/प्रदेश

छात्रवृत्ति र दिवा खाजाको पैसाले शिक्षकलाई तलब खुवाएको गुनासो आएपछि…

Banner

काठमाडौं, पुस १-

आज (आइतबार) गोरखापत्रमा सूचना प्रकासन गर्दै शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाको रकमबाट शिक्षकलाई तलब नखुवाउन अनुरोध गरेको छ ।

छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले पठाएको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको गुनासो आएपछि केन्द्रले यस्तो सूचना प्रकासन गरेको हो ।

‘केही विद्यालयहरूले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त भएको रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च गरेको जानकारी आएकोले यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ।

सःसर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्नेमा निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area