Breaking News

रवि लामिछानेले भने: हामीसँग सुशासनका एजेण्डा छन्, बेच्नका लागि मदन–वीपी छैनन्

Banner

काठमाडौं, मंसिर ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूसँग बेच्नका लागि मदन–वीपी कोही नभएको बताएका छन् ।

ठूला भनिएका दलहरूले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै उनले आफूहरूसँग सुशासनको एजेण्डामात्र भएको बताएका हुन् ।

‘बेच्नका लागि हामीसँग मदन–वीपी कोही छैनन ्। हामीसँग गरेर देखाउन सुशानको एजेण्डा छ । हृदय र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ । हामी त्यसकै आधारमा अगाडि बढेका हौं,’ उनले भने ।

सभापति लामिछानेले नेताहरूले नातपात र साला–भतिजालाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पदको बाँडफाँड नगर्ने स्पष्ट पारे ।

‘पदको बाँडफाँड गरेर देश कहिल्यै बन्दैन । भागबण्ड गरेरै देशको अवस्था यस्तो भएको हो । एकपटक लुटलाई बन्द गर्ने अवसर दिनुहोस् । मात्र एकपटक अवसर दिनुभयो भने साला भतिजालाई भागबण्डा गर्नेहरूको खेल रोकेर देखाउँछौं,’ उनले भने । विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भविष्य नबन्ने बताउँदै त्यहाँको ताला खोल्नुपर्ने आवश्यक रहेको उनले बताए।

उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर े। उनले रास्वपाको उम्मेदवार प्राइमरी निर्वाचनबाट चुनिएर आउने स्पष्ट पारे। ‘आगामी निर्वाचनमा हामीले टीका लगाएर उम्मेदवार बनाउने छैनौं। प्राइमरी इलेक्सन गराएर उम्मेदवार उठाउनेछौं। पैसाको बिटो र रक्सीका बोतल बोकेर चुनाव लड्नेको विरोधी हौं हामी,’ उनले भने, ’आउने निर्वाचनसम्म एक से एक मान्छेहरू तयार हुनेछन्। ती मान्छेहरूलाई छान्ने जिम्मा पनि तपाईँहरूकै हुनेछ । ’

उनले रास्वपाले आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने बताए । त्यसका लागि कुनै दलसँग पनि गठबन्धन नगर्ने उद्घोष गरे । ’हामी कुनै पनि निर्वाचनमा गठबन्धन र ठगबन्धन गर्दैना । नेताहरुले गठबन्धन नगर्ने बताए पनि राष्ट्रिसभामा फेरि गठबन्धनकै चर्चा गरिरहेका छन्,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>